सिरहा । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ देखि परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट सिरहामा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ ।

धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको सिरहाका किसानको भनाइ छ ।
सिरहामा यसपालि असार मध्ययता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन । जिल्लामा कूल ५४ हजार हेक्टरमा धानखेती हुँदै आएकोमा आद्यावधिक गरिएको तथ्यांक अनुसार ७८ प्रतिशत अर्थात ४२ हजा १२० हेक्टर क्षेत्रफलमा धानवाली रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय