काठमाडौं । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरीले नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएको बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भएपनि अहिलेपनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरेकी हुन् ।

उनले अब नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छिन् । पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरिन् ।
गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दावी गरिन् । गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् ।
त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी गरेकी छिन् ।



