सिरहा । सिरहाको लहानबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले नगरपालिका-४ सहनी चोकबाट करिब ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित स्थानीय २९ वर्षीय प्रवीणकुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
स २ प ७१०२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



