सिरहामा अलगअलग घटना दुई जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वामा करेन्ट लागेर बुधवार राती ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खेतमा पानी पटाउन पुगेको मण्डललाई राती खाना खान बोलाउन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यस्तै सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका-९ घुर्मि चौकदेखि १ सय मिटर उत्तर सडक किनारमा शव फेला परेको हो ।  शव मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साहको रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृत्यु भएको साह बुधवार साँझ प्र.२–०१–००३ प २३४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिंडेकाे परिवारले जनाएको छ । उनी चढेको मोटरसाईकल सडकको अर्को किनारामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि वहादुर ओलीले प्रारम्भिक अनुसन्धानको क्रममा  तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको  देखिएपनि घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय