#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सघन सहरी कार्यालय राजविराज अन्र्तगत सिरहा नगरक्षेत्रमा निर्माण भएको सडक गुणस्तरहीन रहेको बताएका छन् ।
सघन सहरी कार्यालय राजविराजनले सिरहा नगरपालिकाको विभिन्न वडामा निर्माण गरेको सडकको निरिक्षण गर्न पुगेका मेयर डा यादवले गुणस्तरीहन कामहरु भएको बताएका छन् । कालोपत्रे सडक निर्माणमा गुणस्तरीयतामा व्यापक लापरबाही गरेको भन्दै मेयर डा यादवले डेढ/दुई अर्बको योजनामा ठूलो रकमको चलखेल भएको बताएका छन् ।

कार्यालयले ठेकेदारसँगको सेटिङमा सिरहा नगरपालिका क्षेत्रमा तीन वटा प्याकेजमा करिब १५ किलोमीटर सडक कालोपत्रे, कलर्भट निर्माण, ढल निर्माण लगायतमा व्यापक गुणस्तरहीन काम गरेको मेयर डा यादवको भनाई रहेको छ । सघन सहरी कार्यालय माफर्त निर्माण भएको सडक, कल्भर्ट, ढलहरुको नगरपालिकाको प्राविधिक परिचालन गरी थप स्पष्ट हुने भन्दै यसमा भएको सेटिङको पर्दाफास गर्ने उनले बताएका छन् ।

योजना अन्र्तगत विभिन्न वडामा सडकको निर्धारित मापदण्ड विपरीत ठेकेदारले काम गरेको, ढल निर्माणको लेवल नमिल्दा सडकमै पानी जम्ने गरेको, ढलको ठक्कन पूर्ण रुपमा निर्माण गरी नराखिएको, विभिन्न स्थानमा सडक निर्माण कार्य पूरा नगरेको र कम गुणस्तरको काम गरेको अनुगमनको क्रममा पाईएको छ । केही दिन अघि उक्त कार्यालयका डिई, इन्जिनियर लगायतका टोलीले मेयर डा यादवसँग योजना सम्पन्न भएको र सिरहा नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने भएको जनाएका थिए । मेयर डा यादवले कार्यालका प्रमुख सहितको टोलीलाई स्थलगत अनुगमन गरेपछि गुणस्तरीय काम भएको पाईएमा मात्र सिरहा नगरपालिकाले योजना योजना स्वीकार गर्ने जनाएका थिए । ‘योजनामा कुनै प्रकारको लापरबाही वा कमिसनको खेल भएको हो भन्ने स्वीकार गर्न सकिदैन,’ मेयर डा यादवले सघन सहरी कार्यालयका प्रतिनिधिमण्डललाई भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय