सिरहा । सिरहा नगरपालिकाका नवनिर्वाचित मेयर डा नविन कुमार यादव सहितका नवनिर्वाचित जनप्रतिनिधिलाई बाल मन्दिर माध्यमिक विद्यालय सिरहाले सम्मान गरेको छ ।
विद्यालयमा अध्यनरत बालबालिकालाई पाठ्यपुस्तक र छात्रवृति वितरण गर्न आयोजित कार्यक्रममा मेयर डा यादव, उपमेयर वविता कुमारी साह, पूर्व संविधानसभा सदस्य आशा यादव, सिरहा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विनोद कुमार यादव, नेपाल स्काउटका सभापति दिनेश कुमार यादव, जिल्ला समन्व समिति सिरहाका सदस्य गिता देवी पासमान लगायतलाई फूलमाला, चादर र गम्छा ओढाएर सम्मन गरिएको छ ।

विद्यालयका प्रध्यानाध्यापक संजय कुमार यादवले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै विद्यालयको समस्यावारेमा ध्यानाकषर्ण गराईएको बताएका छन् ।
उक्त अवसरमा बालबालिकालाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम वितरण गरिएको थियो ।



