सिरहा । लगातारको वर्षाका कारण सिन्धुलीको कमला नदीमा पानीको बहाव सतर्कता आसपास पुगेको छ । बहाव बढ्दो क्रममा रहेका कारण तटीस्य क्षेत्रका स्थानीयलाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
थप वर्षा हुने पूर्वानुमान रहेको जनाएको महाशाखाले सिन्धुली, उदयपुर, धनुषा, सिरहालगायत कमलाको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा रहने स्थानीयलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गर्दै आएको छ ।



