सिरहा । मधेश प्रदेशका कानूनमन्त्री प्रमोद कुमार यादवले सडक पूर्वाधार निर्माण कार्यको शिल्यानाश गरेका छन् ।

सिरहा नगरपालिका १० र ११ मा पर्ने सडक ढलान कार्यको मन्त्री यादवले शिल्यानाश गरेका छन् । सडक शिल्यानाश गर्दै मन्त्री यादवले समयमै गुणस्तरीय सडक निर्माण गर्न निर्माण कार्यमा संलग्न रहेकालाई निर्देशन दिएका छन् । नागरिकलाई सहज बाटोघाटो चाहिएकोले सडक ढलानमा कुनै प्रकारको आर्थिक हिनामिना नगर्न र सडक ढलान गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।

सडक ढलान शिल्यानाशमा सिरहा नगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक मुखिया र वडा नम्बर ११ का अध्यक्ष विनोद कुमार कामती लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!