समाचार

सलहेश युवा कल्वद्वारा सिरहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

ADVERTISEMENT

सिरहा । सलहेश युवा कल्वले सिरहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधलाई एक कार्यक्रमको आयोजना गरी सम्मान
गरेको छ ।

ADVERTISEMENT

कल्वले सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, उपमेयर वविता कुमारी साहसँगै निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सिरहा नगरक्षेत्रमा खेलकुदको विकासमा सिरहा नगरपालिकाको निर्वाचित सम्पूर्ण जनप्रतिनिधिको मुख्य भूकिमा रह्ने आशा अपेक्षा सहित सम्मान गरिएको कल्वका अध्यक्ष राजिप कुमार यादवले बताए ।
खेल नगरीको रुपमा विकास गर्न आवश्यक भएकोले सम्मान कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिसँग भावी योजनामा युवालाई खेलकुदसँग जोड्ने गरी विशेष कार्यक्रम संचालन गर्न आग्रह गरिएको उनले बताए ।

ADVERTISEMENT

सम्मान कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सिरहा नगरक्षेत्रमा स्टेडियम निर्माणसँगै खेलक्षेत्रका अन्य पूर्वाधारको विकास र खेलाडी उत्पादनमा सवैको समन्वय, सहकार्यको साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!