समाचार

कर्जन्हा र कल्याणपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई क्षमता विकास सम्बन्धी प्रशिक्षण

ADVERTISEMENT

सिरहा । सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास सम्बन्धी प्रशिक्षण दिईएको छ ।
मुक्ति नेपाल नामक गैरसरकारी संस्थाले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट जनमुखी बनाउने उद्देश्यले प्रशिक्षण दिएको हो । ३ दिने सहभागितामूलक योजना तर्जुमा सम्बन्धि प्रशिक्षण कर्जन्हा र कल्याण्पुर नगरपालिकामा सम्पन्न गरिएको हो ।

ADVERTISEMENT

कर्जन्हा नगरपालिकामा १० महिला सहित ३४ जना र कल्याणपुर नगरपालिकामा ८ महिला सहित ४६ जना निर्वाचित जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखलाई प्रशिक्षण दिईएको छ । पालिका एवम पदाधिकारीहरुको काम कार्तव्य र अधिकार, सहभागितामूलक योजना तर्जुमा प्रकृयाका चरण एवम् प्रकृया, स्थानिय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तिय हस्तान्तरण, स्थानिय तहको योजना तथा बजेट तर्जुमा र मध्यकालिन संरचना, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्थापन र विकासका अन्तर सम्बन्धित विषहरुबारे प्रशिक्षण दिईएको मुक्ति नेपालका कार्यक्रम संयोजक अशोक कुमार कामतीले बताएका छन् ।

ADVERTISEMENT

प्रशिक्षणको कर्जन्हा नगरपालिकामा नगर प्रमुख भोला प्रसाद पोखरेल र कल्याणपुरमा नगर प्रमुख राम पुकार साह ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त प्रशिक्षणको कर्जन्हा नगरपालिकाको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ र कल्याणपुरका नगरउप प्रमुख रेखा कुमारी यादवले गरेकी थिईन् ।
प्रशिक्षणले वडा अध्यक्षलाई कार्य सम्पादन प्रकृयामा सहज पुग्ने विश्वस्त उपप्रमुखहरुले व्यक्त गरेकी थिईन् । दुवै स्थानीय तहका जनप्रतिनिधिलाई सिरहा जिल्लाका पूर्व स्थानीय विकास अधिकारी (एलडिओ) उपसचिव विजय राज सुवेदीले प्रशिक्षण दिदै सशक्त र नागरीकमैत्री नगरपालिका बनाउन जोडदिनुपर्ने सुझाव समेत दिएका थिए ।
नागरिक सक्रियता परियोजना र दिगो पोषण परियोजना अन्तर्गत दुवै पालिकामा प्रशिक्षण सञ्चालन भएको मुक्ति नेपालका जिल्ला संयोजक अशोक कुमार कामतीले बताएका छन् । उक्त कार्यक्रमलाई यूरोपियन यूनियनको आर्थिक सहयोग र दिगो पोषण परियोजना वेल्ट हन्गर हिल्फेको आर्थिक सहयोग रहेको छ ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!