समाचार

उपमेयर साह नेतृत्वमा सिरहा बजार अनुगमन

ADVERTISEMENT

सिरहा । सिरहा नगरपालिकाका उपमेयर वविता कुमारी साहको नेतृत्वमा बजार अनुगमन गरिएको छ । सिरहा सदरमुकाममा रहेको पसलहरुमा उपमेयर साहको नेतृत्वमा कर्मचारीहरुले अनुगमन गरेका छन् । त्यस क्रममा व्यापार, पसलहरु नगरपालिकामा दर्ता भएको/नभएको, मूल्यसूची टाँस गरएको÷नगरिएको, सरसफाई स्वच्छता, फोहर व्यवस्थापन लगायतका सूचांकहरुलाई ध्यानमा राख्दै अनुमगन गरिएको छ ।

ADVERTISEMENT

नगरपालिकामा दर्ता नगरिएको व्यापार, व्यवसाय, पसलहरुलाई एक साताभित्र प्रकृया थालनी गर्न निर्देशन दिदै उपमेयर साहले सिरहा नगरपालिकाले व्यापारीहरुको हितलाई ध्यानमा राख्दै अगामी सभाबाट विभिन्न निर्णय गर्ने बताएका छिन् । गुणस्तरीय सामग्री विक्रि वितरण गर्न र अखाद्य, म्याज गुज्रेका समानहरु, सरसफाई नभएका पसलहरुमा कडाई गरिने उनले बताईन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!