#सिरहामयेर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहाका नवनिर्वाचित मेयर र उपमेयरसँग विद्यार्थीहरुको छलफल गरेका छन् । सिरहा नगरपालिका कार्यालय प्लेकार्ड, ब्यानर सहित पुगेका युनिर्भसल एकेडमी स्कूलका बालबालिकाले सिरहा नगरपालिका क्षेत्रलाई सफा, सुन्दर, हराभरा बनाउन मेयर डा नविन कुमार यादव र उपमेयर वविता कुमारी साहसँग छलफल गरेका छन् ।

विद्यार्थीहरुले नगरको सौन्दर्यताको सवाल गरेपछि मेयर डा यादवले केही महिनामै फरक देखिने गरी नगरपालिकाले काम गरिरहेको विद्यार्थीहरुलाई विश्वास दिलाएका थिए । आफूहरुलाई ध्यानाकर्षण गराउन आएकोमा धन्यावाद दिदै मेयर डा यादवले सिरहा नगर हराभर, स्वच्छ, सुन्दर बनाउन आफ्नो टिम पूरै निष्ठापूर्वक लागेको र केही समयपछि त्यसको प्रगति देखिने बताएका छन् ।

सिरहा नगरक्षेत्रलाई सुन्दर, हराभरा, सफा र स्वच्छ बनाउने अभियानमा सवैले सहयोग गर्नुपर्ने भन्दै मेयर डा यादवले विद्यालयमा पनि सफा, स्वच्छ वातावरणमा पठनपाठन हुनुपर्ने र त्यसको निगरानी नगरपालिकाले गरिरह्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!