समाचार

जिसस सिरहामा एमाले–जसपा गठबन्धन विजयी

ADVERTISEMENT

जिल्ला समन्वय समिति सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलीप कुमार लामा विजयी भएका हुन् ।

ADVERTISEMENT

प्रमुखमा महतोले २६ मत प्राप्त गर्दा उपप्रमुखमा लामाले २५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखका उम्मेदवार कांग्रेसका मनोजकुमार गुप्ता तथा उपप्रमुखमा एकीकृत समाजवादीका राजेश कुमार यादवले समान सात मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

जिल्लामा ३४ मध्ये ३३ मत खसेको छ। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी (नेपाली कांग्रेस) मतदानमा सहभागी भएनन्। नौ सदस्य जिल्ला समन्वय समितिको सदस्यमा एमालेकी गीताकुमारी पासवान, सोनावती कुमारी महरा, रवीन्द्र कुमार महतो र सूर्यनाथ यादव निर्वाचित भएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट जानकी कुमारी यादव, शोभा कुमारी यादव र सुरेश कुमार यादव सदस्य निर्वाचित भएका छन्। सिरहाका १७ स्थानीय तहको ३४ मतमध्ये एमालेसँग १५, जसपासँग १०, कांग्रेससँग ६, माओवादी केन्द्रसँग दुई र नेकपा एससँग एक मत रहेको थियो ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!