समाचार

जनकपुरका उपमेयरमाथि मुक्का प्रहार

ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि मुक्का प्रहार भएको छ।

ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिका-२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर  किशोरी साहमाथि आक्रमण गरेको हो ।

ADVERTISEMENT

लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

मेयर साह कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण भएको हो ।

उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका छन् ।

ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरेका थिए । त्यस क्रममा उनले आफूहरू कसैलाई उजाड  बनाउन नभई बसाल्न आएको बताएका थिए ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!