काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पादर्शी विकास अब बन्ने सरकार केन्द्रित रहने आशा जेनजी पुस्ताले व्यक्त गरेका हुन् ।

गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । निर्वाचनमा मतदान गरेर फर्किएपछि उहाँले अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू मतदानमा सहभागी भएको बताए ।

कार्कीले सरकार र ‘जेनजी’ आन्दोलनका समूहबीच भएका १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । “नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय