विराटनगर । सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि फरार भएका अपराधी पप्पुसिंह ‘पप्पुकुमार यादव) पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको टोलीले विराटनगर–१८ भेडियारी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का २९ वर्षीय यादवलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते दोषी ठहर गर्दै २४ वर्ष आठ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

फैसला कार्यान्वयनका क्रममा उनलाई कारागार पठाइए पनि गत भदौ २४ गते जेनजी आन्दोलनमा मौका छोपेर फरार भएका थिए ।

फरारपछि उनी विराटनगर आसपासका क्षेत्रमा लुकेर बसेको प्रहरीको अनुमान थियो । लामो निगरानी र विशेष सुराकीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।  प्रहरीका अनुसार उनी विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय