१)
चार दिनसम्म मनाउने आयो छठ फेरि,
नदि, नाला, कुवा, धारा नुहाइ धुवाइ वरि ।
चोखो, नितो, खिर पकाइ चन्द्रमालाई दिइन्छ,
आफ्नै घर्को अन्नपातको ठेकुवा पकाइ लिइन्छ ।
२)
विहानै पख सूर्यलाई अर्घ चढाएर,
खोला, नाला, तलाउ उँदि हर्ष बढाएर ।
आशिष देऊ छैठी माता, देशका लागि मरेँ,
जयिन–जिका भाइबैनीलाई हामी माया गरौँ ।
३)
जमाना भो, जमाना गो — संस्कृति छ हावी,
परम्परा, रीतिरिवाज हुन्न खराबी ।
डाला, सुप्पा, केला, आँटा नदी किनारभरि,
मिथिला हो! खासमा पर्व, मान्छन् नेपालभरि ।
४)
हरिजो भन्यो, आज भन्यो —
संस्कार अनि सत्कार फेरि राख्,
नजानिँदो तरिकाले विकृति पनि आछ,
दोखा सेखि, आरिसेले संस्कार मासी राख् ।
५)
उहिले–उहिले वा, आमाले छठ मनाउँदा खेरि,
घर्कै भान्टा, घर्कै मुन्टा — कुविन्डा र घिउ ।
वोडि अनि भोगटे र केरा हेर्को विउ,
फडिर हुन्थे, जामुन हुन्थे घर्कै तरकारी ।
६)
धान हुन्थे, सातु, पिठो, घर्कै भकारी ।
माटो मुछी, पालाहरु पिउरी काटी वाति,
नदि, नहरमा डुब्कि मार्थे विहान शुभ राति ।
निराहार भई, पानी नखाई हाम्रा आमा–वैनी,
आजकल त हाम्रो पर्व भन्छन् पाडका रैनी ।
७)
हिमालबाट तराई झरि बस्ती बढि राछ,
दशैं–तिहार जस्तै छठनि राष्ट्रिय पर्व भाछ ।
नेपाल आमा, छठको घाम सधैं ताप्न पाऊँ,
हिमाल, पहाड, तराई–मधेश — छठ पर्व मनाऊँ ।

कविता लेखक: माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कूल, सिरहाका शिक्षक रमेश पराजुली (दारि भाई) हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय