सिरहा । सिरहा नगरपालिकामा नगर स्तरीय छात्रा फुटबल प्रतियोगिता सोमबारदेखि अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।

सिरहा नगरपालीकाका मेयर डा नविन कुमार यादवले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटनमा मेयर डा यादवले खेलकुद प्रतिभा प्रस्फुटनका साथै आफ्नो ठाउँ र देशलाई चिनाउने माध्यम भएको बताए ।

सिरहा नगरपालिकाको आर्थिक सहयोग र सलहेश युवा कल्वको आयोजनामा सुरु भएको प्रतियोगितामा दश वटा विद्यालयले सहभागीता जनाएका छन् । नगरकी उपमेयरको विशेष पहलमा यो प्रतियगिता आयोजना भएको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र दश हजार रुपैया पुरस्कार प्रदान गरिने सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।

उद्घाटन सत्रमा उपमेयर बविता कुमारी साह, पूर्व संविधानसभा सदस्यद्वय आशा यादव, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु, स्काउट मधेश प्रदेश संयोजक दिनेश कुमार यादव, सिरहा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय