मलेसियाले नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मलेसियाले आफ्नो दोस्रो खेलमा साउदी अरबलाई आठ विकेटले पराजित गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा १५४ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे । मलेसियाका लागि मोहम्मद अमिरले ५६, भिरन्दिप सिंहले ५१ र सिएद अजिजले अविजित ३४ रन बनाए । बलिङतर्फ साउदीका जाइन उल अबिदिनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरबले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएको थियो । मलेसियाका बलरसामु साउदीका ब्याटरले उच्च रन बनाउन सकेनन् । हसिब घाफोरले ४०, अब्दुल वाहिदले ३६ र कप्तान हिशाम शेखले २१ रन बनाए । बलिङतर्फ खिजार हायतले तीन विकेट लिँदा मोहम्मद वाफिक, रिजवान हैदर र अनवार रहमानले समान २–२ विकेट लिए ।

साउदीको यो पहिलो खेलमा पहिलो हार हो । यता, मलेसियाले भने यसअघि नेपालसँग ६ विकेटको हार ब्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!