मानिसलाई बाच्नको लागि जसरी हावा र पानीको महत्व जति छ । त्यति नै विकाशको लागि शिक्षा र स्वास्थ्यको अपरिहारता छ । देशमा परिवर्तन भयो शासन व्यवस्थाले कति चोटी काँचुली फेरी सक्यो, २००७ मा प्रजातन्त्रको लागि २०१७ मा पञ्चायतको बिरोधमा, २०३७ मा बहुदलको लागि २०४७ र २०६३ मा गणतन्त्रको लागि परिवर्तन न भएको होइन तर विकासमा शिक्षा र स्वास्थ्यमा खासै परिवर्तन आउन सकेको छैन् । एशियाका अन्य मुलुकमा राष्ट्रिय बजेटमा शिक्षामा २० प्रतिशत छुट्याउन सकिएको छैन, र आपनो अधिकारको लागि, शिक्षकले सडकमा ओर्लनु पर्ने बाध्यता भएर आएको छ ।
यस्तो बिषम परिस्थितिमा पनि गत भदौं २६ गते सारश्वरनाथ मा.वि. सारश्वरमा, असोज ८ गते मिर्चैया स्थित शारदा पाठशालामा र असोज १२ गते अक्षर पाठशालामा अबोध वालवालिकालाई निर्घात कुटपिट गरेको घटना भएको छ । के यहि हो गुणस्तरिय शिक्षाका पहलहरु ?
यसरी दण्डसजायको कारण बावालिकाहरुलाई शारिरीक रुपमा त असर पर्छ नै अझ मानसिक रुपमा परेको प्रभावका वालवालिकाले विद्ययालय छाडने, विद्ययालयमा नियमित उपस्थित नहुने, झगडालु बन्ने, कुलतमा लाग्ने र अन्त्यमा आत्महत्या गर्ने जस्ता क्रियाकलाप देखाउने गर्दछन । बालवालिाकालाई दण्ड र सजाय बिना पनि अत्यन्तै प्रभावकारी ढंगवाट शिक्षण सिकाइ कार्यमा संल्गन गराउन सकिन्छ । जसको लागि अभिभावक, शिक्षक विद्यार्थी एवम् सम्पूर्ण सरोकारवालाहरुको प्रयास अपरिहार्य छ । विद्ययालयको बातावरण, भौतिक संरचना, कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामग्री लगायत सम्पूर्ण शिक्षण सिकाइ क्रियाकलाप बालमैत्री हुनु पर्दछ । यति भए मात्र शिक्षण सिकाइमा सुधारको वृधि हुन त सक्छ भन्ने कुरा बिर्सनु भएन् ।
आज विद्ययालयले विद्यार्थीलाई पिटने, कान तान्ने, कक्षा कोठा बाहिर दिनभर उभिन लगाउने, धुँडा टेकेर हिडन लगाउने, बेन्चमा उभिएर बस्न लगाउने, उठबस गर्न लगाउने, बालवालिकालाई प्र.अ कार्यकक्षमा पठाउने, कक्षामा उभिन लगाउने जस्ता शारिरीक सजाय दिएको पाइन्छ । त्यसै गरि गाली गर्ने, होच्याउने, जिस्काउने, तनावमा वा छटपटी सिर्जना गर्ने अपशव्द प्रयोगमा ल्याउने जस्ता मानसिक दण्ड दिने गरेको पाइन्छ । यस्ता दण्ड सजाय आजको शैक्षिक बर्जित मानिन्छ ।
मनोविज्ञानको एक सर्वेक्षण अनुसार एउटा बच्चा जन्मदा ३० प्रतिशत मस्तिष्कको विकास भइ सकेको हुन्छ । त्यही बालक ५ बर्षको हुँदा ९० प्रतिशत मस्तिष्कको विकास भइ सकेको हुन्छ । त्यसैले ५ वर्ष पूरा भइ सकेको बालवालिकालाई मात्र विद्ययालयमा भर्ना गरिन्छ । बाँकी १० प्रतिशत मस्तिष्कको विकास ९ देखि १६ बर्ष सम्म हुने गर्दछ । यो समयमा बालवालिाकालाई दण्डवाट भन्दा उसके मनोबैज्ञानिक अवस्था अनुसार भयरहित बालमैत्री बातावरणमा शिक्षा दिन सकेमा मात्र शिक्षण प्रभावकारी हुन सक्छ । कलिला दिमागमा पशुलाई जस्तो व्यवहार कक्षा कोठामा प्रदर्शन गरेमा पछि त्यसको असरले बावालिकामा हिंसात्मक, असहयोग र असमक्षदारी भावना बिकसित हुन्छ जसको कारण बालकहरुको भविष्यमा अन्योलता उत्पन्न हुन जान्छ । त्यस्तो वाताबरणमा गुणस्तरीय शिक्षा कसरी सम्भव हुन्छ ।
गुणस्तरीय शिक्षा भनेको समानता, सक्षमता, सृजनशीलता, विनयशीलता, सकारात्मक शोच, क्रियाशीलता, समाजिक भावना, दया, माया र मानवताको समग्र विकास हो । राष्ट्रिय उद्येश्य प्राप्तिका लागि तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक पूर्वाधार, सिकाइ वाताबरण, बिषयगत शिक्षकको योग्यता, शिक्षणकला, पेशाा प्रतिको जवाफदेहिता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरिवेक्षण, मूल्यांकन प्रणाली गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्व हुन् । न कि परीक्षामा धोक्ने र कण्ठस्थ पार्ने र परीक्षामा वमन गर्ने र उच्च अंक ल्याउने मात्र गुणस्तरीय शिक्षा होइन । व्यवहारिक दृष्टिकोणमा सिकाइ मार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यवहारिक समस्या हल गर्नसक्ने, काम प्रति सम्मान गर्ने उद्दमशील, समाज राष्ट्र र अन्तरराष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो ।
तर्सथ गुणस्तरीय शिक्षाको लागि योग्य सक्षम क्षमतावान दूरदृष्टि दृढ इच्छाशक्ति भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनु पर्दछ साथै विद्ययालयमा बालवालिका सामाजिक, परिवारिक, साथै शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको हुन्छ । विद्ययालयमा योग्य, सक्षम जाँगरिला, समर्पित शिक्षणलाई जागिरको रुपमा भन्दापनि जिम्मेवारीको रुपमा लिएर सबै बालवालिकालाई आपनै छोराछोरी समान सिकाइ गर्न सक्ने सकारात्मक सोच भएका आधुनिक प्रविधि सँग परिचित उत्कृष्ट जनशक्तिलाई शिक्षणमा प्रवेश गरिनु पर्दछ, भने विद्ययालयको पूर्वाधार बालवालिकाको सर्वोचता कायम भएको बालमैत्री पढौ पढौ लाग्ने सुसज्जित कक्षा कोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेल मैदान, सुरक्षित कम्पाउण्ड घेरावार मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री, कम्प्युटर, ल्यापटप स्मार्ट वोर्ड आदि प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह शिक्षक तथा छात्रछात्राको आवासको व्यवस्था भए मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न गराउन सकिन्छ । यसमा अभिभावकको भूमिका पनि अहम् हुन्छ । जसमा योजना निर्माण समाजिक परीक्षण पारदर्शिताको पनि अन्यान्याश्रित सम्बन्ध छ ।