
सिरहा जिल्लाको सदरमुकाम सिरहाको मुख्य सडकमा सयौं स्थानमा खाल्डाखुल्डी रहेको छ । ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनको गेट लगायत मुख्य सडकको सयौं स्थानमा खाल्डाखुल्डी रहेको छ । महिनौदेखिको खाल्डाखुल्डी पुड्ने काम अझैं हुन सकेको छैन् ।
सिरहा सदरमुकामको मुख्य सडक बाहेक सिरहा–चोहर्वा सडक खण्डको विभिन्न स्थानमा साना ठूला खाल्डाहरु प्रस्तत छ । गुलरीया, भलुवाही, लक्ष्मीपुर, विष्पणुपुर, नरहा, बलुवा, पानबारी लगायतका स्थानामा सडकमा खाल्डाखुल्डी रहेपनि सडक डिभिजन कार्यालय लहानले पुड्ने र नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न सकेको छैन् ।
चोहर्वादेखि बन्दीपुर जाने पूर्वपश्चिम राजमार्गका पनि त्यस्तै खाल्डाखुल्डी सयौं स्थानमा रहेका छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण दैनिक जसो दुर्घटनाका घटनाहरु हुँदै आएको छ । खाल्डाखुल्डीले गर्दा सडक यात्रा सुरक्षित हुन सकेको छैन् । नागरिकको जीवन जोखिमा परेको छ । असारे विकासका क्रममा सडक डिभिजन कार्यालय लहान र पूर्वाधार विकास कार्यालय सिरहासँगै स्थानीय तहहरुले आफ्ना कार्यक्षेत्रभित्रका सडकमा ग्राभेल र समान्य मर्मत गरी बजेट अनियमित रुपमा खर्च गर्दै आएको छ । समस्या ज्यूँका त्यूँ छ । यसतर्फ जिल्लाका सरोकारवाला निकायले पनि गम्भीर रुपमा पहल गर्न सकेको छैन् । स्थानीय तहहरुसँग समन्वय गर्ने गरी जिल्ला समन्वय समिति रहेको छ । स्थानीय स्तरका सडकमा देखिएका खाल्डाखुल्डी र सडकको समस्यालाई समाधान गरी सुरक्षित यात्राको वन्दोवस्तीमा जिल्ला समन्वय समितिले समन्वय गर्न सकिरहेको छैन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले पनि जिल्लाको मुख्य सडकहरुको अवस्था जटिल र नागरिकको जीवन संकटमा पार्ने अवस्थामा रहँदा पनि मौन देखिएको छ । त्यही सडक भएर यात्रा गर्ने प्रमुख जिल्ला अधिकारीदेखि सुरक्षा निकायका प्रमुख, जिम्मेवार कार्यालयका प्रमुखहरु मौन छन् । यसले नागरिकको जीवन झन् संकटमा फसेको छ । मौसमा सुधार आएको छ । जिल्ला सदरमुकाम सिरहादेखि अन्य सडकहरुमा देखिएका खाल्डाखुल्डीलाई तत्काल पुुड्ने र नागरिकका निम्ति सुरक्षित यात्रा हुने जिल्ला प्रशासन कार्यालयले भूमिका खेल्नुपर्छ । प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायलाई तत्काल यसप्रति सचेत गराई मर्मत र स्तोरोन्नतीको निम्ति पहल गर्नु जरुरी छ ।