#सिरहाकमला पुलधनुषा

१० वर्षदेखि निर्माणाधीन कमला नदीको पुल दुई पटक भासिएको छ । संचालनमा नआउँदै पुल भासिएपछि अन्यौलता छाएको छ । २०६८ सालमा पुल निर्माण गर्न करिब २५ करोडमा पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस जेभीले सम्झौता गरेको थियो । निर्माण १० वर्ष सकिसक्दा पूर्णता पाउन सकेको छैन् ।

मधेसको लाईफलाईन मानिएको हुलाकी सडक अन्र्तगत सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल निरन्तरको निगरानी र दबाब नहुँदा अहिलेको अवस्था सृजना भएको हो । त्यसो त निर्माणमा ढिलाई हुँदा हुलाकी सडक संर्घष समितिले १ महिना वढी रिले अनसन गरेको थियो । त्यसपछि पुल निर्माणमा तिव्रता दिएपनि पुलको गुणस्तर र प्राविधिक रुपमा बलियो बनाउने पक्षमा खासै ध्यान नदिएको अहिलेको घटनाक्रमले प्रष्ट पारेको छ ।

गत असार १७ मा पुलको सिरहातर्फबाट तेस्रो पाया र त्यसको तीन महिना पछि धनुषातर्फबाट पुलको तेस्रो पाया भासिएको छ । यस घटनाले कमला नदीमा निर्माणधीन पुलमा सुरुदेखि नै लापरबाही गरिएको बुझ्न सकिन्छ । यो अत्यन्त गम्भीर विषय पनि हो । सिरहा र धनुषा जिल्लासँगै हुलाकी सडक भएर यात्रा गर्न चाह्नेका निम्ति दुःखद घटना हो ।

पुलको शिल्यानाश गर्ने क्रममा धनुषाबाट केन्द्रीय राजनीतिमा निकै पकड बनाएका नेताहरुको उपस्थिती रहेको थियो । सिरहा जिल्लाबाट २/३ जनाको सहभागिता मात्रै देखिएको थियो । त्यसबेला चन्दा आतंक हुन नदिन र पुल निर्माण समयमै निर्माण गर्न सहयोग र सहकार्य गर्ने नेताहरुको सार्वजनिक उद्घोष रहेको थियो । त्यो उद्घोष चर्चा बटुल्न मात्रै देखियो । पुल निर्माणलाई नत समयमा सक्ने गरी नेताहरुले भूमिका खेल्न सकेको थियो नत गुणस्तरीयता वारेमा चासो नै व्यक्त भयो । जसले गर्दा पुल उद्घाटन नहुँदै भासिन पुगेको छ । नेपाली काँग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले शुक्रवार पुलको भासिएको वारेमा स्थलगत निरिक्षण गर्न पुगिन् । त्यसवाहेक अन्य राजनीतिक दल र नेतृत्वले खासै वास्ता गरेका छैनन् । यो गम्भीर विषय हो । यसले राजनीतिक दलका शीर्ष नेताहरु कमला नदीमा १० वर्षदेखि बन्दै गरेको पुलको विषयमा कुनै मतलब नराखेको प्रष्ट हुन्छ । नेतृत्व वर्ग नै आफ्नो जिम्मेवारीबाट पंछिएपछि अवस्था झन् विजोग आउने हो । यसैले अब पनि पुल निर्माण सम्बन्धमा भएका त्रुटी र लापरबाहीको विषयमा छानबीनको निम्ति दबाब दिनुपर्छ । निष्पक्ष छानबिन गर्नुपर्छ । दोषीलाई कारबाहीको दायरामा ल्याई पुनः कमला नदीमा पुल निर्माणलाई तिव्रता दिई जनजीविकालाई सहज बनाउन भूमिका नेतृत्ववर्गबाट हुनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!