कोरोना संक्रमणको पहिलो लहर रोक्न सरकारले २०७६ चैत ११ मा देशभर लकडाउन गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्न लकडाउन गरिएपछि नेपालसँगको भारत र चीनको सीमालाई पनि बन्द गरियो । सीमा बन्द भएपछि सवारीसाधन आउजाउमा पूर्णत बन्देज लाग्यो । त्यसो त भारतमा रोजगारीका क्रममा रहेकाहरु सीमानाकासम्म आईपुगे । भारतमा पूर्ण लकडाउन भएपछि पैदलसँगै विभिन्न सवारीसाधनको प्रयोग गरी नेपालीहरु देश फर्किन सीमाक्षेत्रमा पुगेका थिए । त्यस बेला क्वारेन्टाईन गरेर घर पठाउने अभियान चल्यो ।

पहिलो लहरपछि कोरोनाको दोस्रो लहर झन् जटिल बनेर आईपर्यो । जसले गर्दा ठूला संख्यामा ज्यान गुमाउने र उपचारमा छटपटाउनेको देखियो । अहिले तेस्रो लहरको जोखिमको सम्भावनाको आकलन गरिएको छ । कोरोना संक्रमण फैलिन रोक्न सीमाक्षेत्र ठप्प पारिपछि नयाँ नयाँ चुनौतीहरु थपिएका छन् । नेपालबाट सवैभन्दा वढी रोजगारी, उपचार, शिक्षा लगायतको क्रममा भारत पुग्ने गर्छ । त्यससँगै तिर्थाटन, खाद्यन्न लगायतको आवश्यकता पूर्ति गर्न पनि भारतमा निर्भर हुँदै आएको छ । हिन्दुधर्मालम्बीको बाहुल्यता रहेको नेपालबाट तिर्थाटनको नाउँमा ठूलो संख्यामा नेपालीहरु भारतका विभिन्न धामहरु पुग्ने गरेका छन् ।

कोरोना संक्रमण रोक्न सीमा नाका बन्द गरिएपनि तस्करी फस्टाएको छ । भन्सारमा समान आयात निर्यात भईरहेको छ । यी सव भईरहँदा सवैभन्दा वढी दुःख नागरिकलाई भईरहेको छ । नेपालबाट सीमानाका बन्द भएकोले सवारी साधन भारत लैजान औपचारिक रुपमा रोक लगाएको छ । त्यही भएर भारतीय पक्षले पनि नेपाली सवारी साधान प्रवेशमा रोक लगाईरहेको छ । नेपाली पक्षले नेपालबाट भारत र भारतीय नम्बरका सवारीसाधानमा सर्वसाधारणलाई आउजाउग गर्न रोक लगाएपछि भारतीय पक्षले नेपाली नम्बर प्लेटका सवारीसाधनमा रोक लगाएको छ । यसले गर्दा औषधी उपचारको निम्ति भारततर्फ सवारी साधनमा जानेलाई सास्ती खेप्नु परेको छ । विहेवारीको समयमा भन्सारको ढाँट पार गर्न बेहुला बेहुलीलाई पैदल यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । त्यससँगै रोजगारी, किनमेलका निम्ति भारतीय बजार पुग्नेहरुलाई पैदल यात्रा गर्नुपर्ने अवस्था छ ।

तस्करीका समान बोकेका सवारीसाधन निर्वाध रुपमा आईरहँदा आम नागरिकलाई आवतजावतमा समस्या गर्नु कदापी सही हुन सक्दैन् । नेपाल भारतवीच विशेष प्रकारको सम्बन्ध रहेको छ । यसकारणले पनि सीमाक्षेत्रमा सवारीसाधनको सहज आउजाउ गर्ने वातावरण निर्माण गर्नुपर्छ । उपचारसँगै अन्य आवश्यकताका निम्ति नेपाल भारत आउनेजानेलाई भईरहेको सास्ती रोक्नुपर्छ । यसका निम्ति स्थानीय प्रशासनसँगै दुवै देशका सुरक्षा निकाय र सरकार प्रमुखहरुले सोच्नु पर्छ । नागकिरलाई सहजता हुनेगरी आउजाउको वातावरणको लागि निर्णय गर्नुपर्छ । अनि मात्र बेटीरोटीको सम्बन्धलाई यसले बलियो बनाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!