संविधान २०७२ पछि देशमा तीन तहको सरकार चुनावी प्रकृयावाट गठन भएको छ । चुनावपछि सरकार गठन भएपछि प्रदेशमा पनि नयाँ पदहरु सृजना गरिएको छ । प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख राख्ने दलहरुको निर्णय अनुसार अगाडी वढिएको थियो ।

देशमा अहिले प्रदेश प्रमुख पद रिस साध्ने पद झैं देखिन थालेको छ । प्रदेश २ मा साढे ३ वर्षको अन्तरालमा चार जना प्रदेश प्रमुख नियुक्त गरिएका छन् । एक सरकारले नियुक्त गरेको प्रदेश प्रमुख सरकार परिवर्तनसँगै फेरिने क्रम प्रदेश २ मा सवैभन्दा वढी देखिएको छ । प्रदेश २ मा सवैभन्दा पहिले २०७४ माघ ३ मा तात्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले समाजवादी पार्टीको कोटाबाट रत्नेश्वरलाल कायस्थलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो । कायस्थ करिब २१ म्हिना प्रदेश प्रमुखको रुपमा काम गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रको कोटामा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रमुखमा डा तिलक परियारलाई २०७६ कार्तिक १८ मा प्रदेश प्रमुखको रुपमा नियुक्त गरेका थिए । परियार करिब १६ महिना प्रदेश २ को प्रदेश प्रमुखको रुपमा कामकाज गरेका छन् । माओवादी केन्द्र र नेकपा एमाले एकीकरण गरी नेकपा बनेपछि परियारको प्रदेश प्रमुख पद टिकेको थियो । पछिल्लो समय नेकपा विभाजन भएर अलग अलग भएपछि फेरी तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले परियारलाई पदमुक्त गरी २०७७ फागुन ८ मा डा राजेश झा (अहिराज)लाई प्रदेश प्रमुखको रुपमा नियुक्त गर्यो । अहिराज करिब ५ महिना प्रदेश प्रमुखको रुपमा कामकाज गरेको छ ।
प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गर्ने क्रम रोकिएको छैन् । वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेसकै कोटाबाट ७६ वर्षिय हरिशंकर मिश्रालाई प्रदेश प्रमुख नियुक्त गरेको छ । डा अहिराजलाई पदमुक्त गर्दै देउवा नेतृत्वको वर्तमान सरकारले मिश्रालाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।

खासमा ५ वर्षसम्म प्रदेश प्रमुख रह्ने भएपनि दलहरुले आफू अनुकुल प्रदेश प्रमुखको पदसँग खेल्दै आईरहेको छ । संवैधानिक रुपमा मर्यादित पद भएपनि दलीय अदुरदर्षिका कारणले प्रदेश प्रमुखको पदलाई धरापमा पार्ने काम गरिदै आएको छ । यो नेपाल मात्र होईन विश्व जगतमा हसाउने काम मात्र भएको छ । यसैले प्रदेश प्रमुखको पदको गरिमा कायम राख्न दल र दलका नेताहरुले बुझ्न जरुरी छ । संविधान र कानून विपरीतका आचरण गरे वाहेक अन्य अवस्थामा प्रदेश प्रमुखको पदलाई यसरी रिस दलीय साँध्ने मेसो बनाउनु हुँदैन् । यस्तो गलत राजनीतिक संस्कारलाई रोक्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!