कोरोना संक्रमणका कारण दुई वर्षदेखि देशभरको पठनपाठन प्रभावित बनेको छ । पछिल्लो दुईवर्षदेखि नियमित रुपमा पठनपाठन हुन छाडेको छ । कोरोनाको जोखिम कम भएपछि गत वर्ष असोजदेखि पठनपाठन सुचारु भएको थियो । पहिलो लहरपछि दोस्रो लहर सुरु भएपछि पुनः पठनपाठन बन्द गरियो । जसले गर्दा शैक्षिक गतिविधि बैल्पिक माध्यमबाट हुन थाल्यो ।
जोखिमलाई मध्यनगर गरी सिरहा जिल्लामा पनि पठनपाठन ठप्प भएको छ । यस वीचमा गत वर्ष पनि र यस वर्षपनि केही नीजि विद्यालयहरुले पठनपाठन संचालन गरेको थियो र छ । पठनपाठन भर्चुअल माध्यमबाट पनि गरिदै आएको थियो र अझैं जारी पनि छ । यस वीचमा मिर्चैया नगरपालिका १० मथलेश्वरमा रहेको एक नीजि विद्यालयले पठनपाठनको पूरानो बक्यौता दिन ढिलाई गरेका एक परिवारमाथि कुटपिट गरेको छ ।
राजदेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले समयमै विद्यालयको शुल्क दिन नसक्दा स्थानीय अशोक साह सहित परिवारका चार जनामाथि कुटपिट गरेको छ । कुटपिटका कारण चार जना घाईते भएका छन् । जसमध्ये दुई जनाको थप उपचारको लागि विराटनगर पठाईएको छ । ५/६ हजार रुपैयाँको कारणले परिवारजनमाथि प्रिन्सिपलले कुटपिट गर्नु अपराध हो । विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारमाथि यस प्रकारको आक्रमणका दोषीलाई कारबाही गर्नुपर्छ । पान पसल गरी परिवारको जीवनयापन गराउँदै आएका साह परिवारमाथि भएको आक्रमणको निन्दा गर्नुपर्छ ।
खासमा जिल्लामा नीजि विद्यालयमा विद्यार्थी, अभिभावक कुटिएको, दुरव्र्यवहार खेप्नु परेको घटनाहरु पटक पटक दोहोरिने गरेको छ । २ वर्ष अघि मिर्चैयाको स्वास्तिक पाठशालाले एक विद्यार्थीको हाँत भाच्च्निे गरी कुटपिट गरेको थियो । कारण थियो, नेपाली विषयको गृहकार्य नगर्नु । शिक्षक, प्रिन्सिपल लगायतले विभिन्न नाउँमा विद्यार्थी र अभिभावकलाई प्रताडित गरेको घटनाहरु सुनिने गरेको छ । विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै अभिभावकजनले चरम शुल्क दिदै आएपनि चुईक्क बोल्न सक्दैनन् । जसको फाईदा नीजि विद्यालयका संचालकहरुले लिने गरेको पाईन्छ । यसैले यस प्रकारका घटनामा नीजि विद्यालयहरुको संस्थाहरु एनप्याब्सन, प्याब्सन लगायतले अनुसंधान गर्नुपर्छ र कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!