अपन दैनिक
मंसिर १२, २०७७ मा प्रकाशित
२९५ पटक पढिएको

प्रविधिले संसार साँगुरो भएको छ । आज देश दुनियाँका कुराहरु तत्काल बुझ्न हाम्रासामु प्रविधी अगाडी आईसकेको छ । कोरोना कालमा प्रविधीको प्रयोगवाट व्यापार, पठनपाठन र धेरै मिटिङ, सेमिनार सम्भव भएको छ ।
अनलाईन शिक्षा, भर्चुअल मिटिङले धेरै नै स्पेश पाएको छ । कोभिडको जोखिमवीचमा अहिलेपनि यस्ता कन्फरेन्सहरुको आयोजना हुँदै आएको छ । विभिन्न देशका राष्ट्र प्रमुखहरु एक–अर्कासँग यस्तै प्रविधिको प्रयोग गरी संवाद गरेको छन् । प्रविधिको सदुपयोग र दुरुपयोग दुईटै पाटो छ । यस्तैमध्ये एक हो, अहिले भैरहेको कक्षा १२ को परीक्षामा । कक्षा १२ का परीक्षामा विद्यार्थीहरुले मोबाईलबाट चिट चोर्ने जस्ता कार्यलाई तिव्रता दिएको छ ।

मोबाईलमा रह्ने विभिन्न एप्लीकेशनको उपयोग गरी चिट चोर्न हर्कत हुँदै आएपछि अहिले परीक्षा नियमन गर्ने निकायको ध्यान तानेको छ । हुनत् यो अहिले नै सुरु भएको होईन् । यस अघि पनि विभिन्न परीक्षामा मोबाईलबाट चिट चोरीका घटना सार्वजनिक हुँदै आएको छ । तर कोरोना कालमा विद्यार्थीले आफ्ना पठनपाठनलाई प्रयाप्त ध्यान दिन नसक्दा यस्ता चोरीका उपाय अपनाउँदै आएका छन् ।
कतिपय केन्द्रमा सेटिङमा पनि मोबाईलबाट चोरीका घटनाहरु हुँदै आएका छन् भने कतिपय केन्द्रमा विद्यार्थी स्वयले गरेको तयारी अनुसार चोरी गर्न मोबाईल प्रयाग गर्छन् । मोबाईबाट हुने यस प्रकारको चिट चोरी रोक्न नियमनकारी निकायसँगै परीक्षामा रह्ने गरेको निरिक्षकको भूमिका मुख्य हो । तर सेटिङमा मिल्ने गरेका कारण परीक्षा केन्द्रमा रह्ने गरेका निरिक्षकहरु मौन भैदिदा चिट चोरीले प्रसय पाउने गरेको छ । यसले भोलीका दिनमा विद्यार्थीको शैक्षिक स्थितीलाई कमजोर बनाउने र चिट चोरीमा आश्रित बनाउन सक्ने जोखिम हुन्छ । त्यसकारण सरोकारवाला निकाय, केन्द्राध्यक्ष, निरिक्षक लगायतले यसलाई गम्भीर रुपमा लिएर मोबाईलको प्रयोग गरी हुने चिट चोरीलाई रोक्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!