काठमाडौं : सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय १५ कार्यदिन थप भएको छ।
गत भदौ ५ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि आवेदन दिने समय थप भएको हो। धितोपत्र बोर्डले समय थप गर्नका लागि निवेदन परेकाले १५ कार्यदिन समय थप गरेको जानकारी दिएको छ।

कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन परेन। त्यसपछि असोज ४ गतेसम्मका लागि समय थप भएको थियो।
यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो।
कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।
स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।



