सिरहा । जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने आन्दोलन, तोडफोड, आगजनी तथा अन्य अप्रिय घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले सिरहामा फौज परिचालनसम्बन्धी अभ्यास गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले प्रहरी उपरीक्षक सुमनजंग थापाको कमान्डमा २८० जना सशस्त्र प्रहरीको सहभागितामा बुधबार सिरहा सदरमुकाममा ‘ट्रुप्स कन्सन्ट्रेसन’ अभ्यास गरेको हो ।
बिहान ११ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म सञ्चालन गरिएको अभ्यासमा जिल्लाका कुनै पनि क्षेत्रमा हुन सक्ने आन्दोलन, तोडफोड, आगजनीलगायतका घटनालाई लक्षित गर्दै फौजको शीघ्र परिचालन, व्यवस्थापन तथा तयारी अवस्थाको प्रदर्शन गरिएको थियो ।
सम्भावित सुरक्षा चुनौतीका बेला फौजलाई प्रभावकारी रूपमा परिचालन गर्न, आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा सुरक्षा व्यवस्था चुस्त बनाउन यस्तो अभ्यास गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय