काठमाडौं । बंगलादेशमा राजनीतिक तनावसँगै हिंसात्मक घटना बढेका छन् । पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आह्वान गरेको देशव्यापी ‘लकडाउन’बीच राजधानी ढाकामा शृंखलाबद्ध बम विस्फोट भएका छन् । अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पुर्ख्यौली घरमा आगजनी गरिएको छ ।
युनुसको ग्रामीण बैंकका कैयौँ शाखा समेत निसानामा परेका छन् । देशका विभिन्न भागमा आगजनी, तोडफोड र बम विस्फोटका घटना भएका छन् । हिंसामा कम्तीमा चारजना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।





