सिरहा । नगरस्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ११ भलुवाहीले लगातार दोस्रो जित प्राप्त गरेको छ । वडा नम्बर ११ भलुवाहीले सिरहा सदरमुकाम स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।


लगातार दुई खेलमा जितसँगै वडा नम्बर ११ भलुवाही सेमिफाईन प्रवेश गरेको छ । भलुवाहीलाई सेमिफाईन प्रवेशको लागि मो अनाजुलले महत्वपूर्ण खेल खेल्दै प्लेयर अफ दि म्याच पनि घोषित भएका छन् । एक गोल अनाजुल र अर्को गोल रामनारायण कामतीले गरेका थिए । रमौलको तर्फबाट मो. अबुबकरले एक गोल फर्काएका थिए ।
यस्तै अर्को खेलमा वडा नम्बर ८ महिसौथाले वडा नम्बर १८ लक्ष्मिनियाँलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । प्यलेयर अफ दि म्याच महिसौथाका जर्सी नम्बर १० का रविन्द्र महरा घोषित भएका छन् ।
आजको एक मात्र खेल हुने भएको छ । वडा नम्ब ९ ठेंगही र वडा नम्बर १२ सारस्वरवीच खेल हुने आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।



