सिरहा । सिरहा प्रहरीले करिव पाँच केजी चाँदी सहित नेपाल–भारत सीमाक्षेत्र ठाडी बसपार्कबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री भारतको जिल्ला मधुबनी बरहमपुरा ३ का ५० वर्षिय विश्वनाथ साहलाई भगवानपुर गाउँपालिका–४ डाडीबाट पक्राउ गरेको हो ।
प्रहरीलाई शंका लागी चेकजाच गर्नेक्रममा कपडाको धोक्रो बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय लहान पठाइएको छ । स्थानीयका अनुसार प्रहरीलाई समयमा लाइनको रकम नबुझाउदा प्रहरीले पक्राउ गरेको बताए ।

प्रहरीले प्रत्येक ईलाका प्रहरी र जिल्ला प्रहरीकार्यालयमा सूचना संकलनको नाममा सादापोसाकमा रकम असुलीगर्न प्रहरी परिचालन गरेका छन् ।
सिरहामा घुमुवा प्रहरीकै मिलोमतोमा लहान, गोलबजार, मिर्चैयालगायत सिरहाका सुन चाँदी व्यवसायीहरुले चाँदीका गहनाहरु भारतबाट अवैधरुपमा ल्याउने गरेको बताए ।



