सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रसनी (सई) हुँ भन्दै व्यापारीलाई थर्काउने एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नक्कली हतियारसहित लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कुमोद कुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने साहलाई भारतको लदनियाँबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र स्थानीयलाई थर्काउँदै गरेको अवस्थामा नक्कली हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बरियारपट्टीले जनाएको छ । व्यापारीलाई धम्क्याएर रकम मागेको साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक कृष्ण थापाले बताएका छन् ।




