सिरहा । सिरहा प्रहरीले साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनामा संलग्न रहेको भन्दै दुई जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सिरहाको मिर्चैयामा रहेको साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनामा संलग्न रहेको भन्दै दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको घटनाको डेढ महिनापछि आइतबार पत्रकार सम्मेलनको आयोजना गरी दुई जना आरोपितलाई सार्वजनिक गरेको हो ।
पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको आरोपितमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया नगरपालिका–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ काम गर्दै आएका मिर्चैया नगरपालिका–७ का ६० वर्षीय किशोरी राय कुर्मीको गर्दनमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव गत असार ११ गते विहान फेला परेको थियो ।
No description available.

उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपितहरूले कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न खोजेको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरीएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । पक्राउ परेका दुबै जनाले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको प्रहरी उपरीक्षक लिम्बुले दावी गरेका छन् । प्रहरी उपरीक्षक लिम्बुले हत्या आरोपमा पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको दावी गरेका छन् ।

यसअघि सुरक्षागार्डको हत्याको विषयलाई लिएर मिर्चैया वडा नम्बर ७ र ८ का मृतक परिवारजन र स्थानीयले साना सहरी तथा खानेपानी संस्था मिर्चैयाको कार्यालय घेराउ गर्दै आएका थिए । मृतक परिवारलाई क्षतिपूर्ती वापत १० लाख रुपैयाँ दिनुपर्ने, काजक्रिया खर्च ५१ हजार दिनुपर्ने मृतक परिवारवाट एक जनालाई रोजगारी दिनुपर्ने लगायतका माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय