जनकपुरधाम, ८ मंसिर । धनुषा क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का रामअशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६ सय १४ मत ल्याएर निर्वाचित भएका हुन् । उनी माओवादी केन्द्रका श्याम कुमार यादवलाई एक हजार ४८ मतले पछि पार्दे निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५ सय ६६ मत पाएका छन् भने एमालेका संजीव कुमार सुरजले ९ हजार २ सय ४ मत प्राप्त गरेका छन् । विजयी भएका यादव नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष हुनुका साथै यसअघि पनि प्रदेश सांसद थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय