काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन्।

गिरि भौतिक रुपमा बिदा भए तापनि उनको विचार र देशको लागि पुर्‍याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन्।

उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय