काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले कोरोना बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरिएको बताएका छन् । वर्तमान सरकारले स्वास्थ्य बिमालाई व्यावसायिक बिमाका रूपमा बुझेको आरोप पनि उनले लगाए ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारले ल्याएको बजेटमार्फत स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन लागिएको बताए । बजेटको बुँदा नम्बर १५१ मार्फत स्वास्थ्य बिमा निजी क्षेत्रलाई जिम्मा लगाउने सरकारले तयारी गरेको उनले बताए ।

आफूहरूले संसद्को शून्य र विशेष समयमा विभिन्न विषय उठाए पनि सरकारले सुन्न नचाहेको र शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन पनि लागु नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय