सिरहा । सिरहा–धनुषाको सीमा नदीको रुपमा रहेको कमला नदीको भाँसिएको पुल सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले निरिक्षण गरेका छन् । हुलाकी राजमार्ग अन्र्तगत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निकै महत्वपूर्ण रहेकोले भाँसिएको पुल निर्माणमा आफ्ले सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
भाँसिएको पुलको स्ल्याब, पायर र भत्काएको स्ल्याब र पायरको निरिक्षण गर्दै मेयर डा यादवले यथास्रिघ निर्माण गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग र हुलाकी सडक निर्देशनालय लगायतका सरोकारवाल निकायसँग समन्वय गर्ने बताएका छन् । भाँसिएको पुल निरिक्षण गर्न पुगेका बेला सिरहा र धनुषाका स्थानीयसँग कुराकानी गर्दै मेयर डा यादवले तराई मधेशको लाईफलाईन रहेको हुलाकी सडकखण्डको कमला नदीको पुल निकै महत्वपूर्ण भएकोले सम्बन्धित मन्त्रालय, कार्यालय र निर्माण व्यवसायीसँग कुराकानी गरी अगामी वर्षको वर्षा अगावै सञ्चालनमा ल्याउने सुनिश्चितताको लागि दबाब दिईने बताएका छन् । ‘यो पुल निकै महत्वपूर्ण छ,’ मेयर डा यादवले भने,‘यसमा मेरो तर्फबाट सतप्रतिसत भूमिका रह्न्छ । अगामी वर्षा अगावै पुल निर्माण सम्पन्न गर्नेगरी सम्बन्धित मन्त्रालय र सरोकारवालासँग संवाद गर्छु ।’

निरीक्षणमा पुगेका मेयर डा यादवलाई सिरहा र धनुषाका स्थानीयले पुल निर्माण नहुँदा आफूहरुले निकै सास्ती भोग्नु परेको, कमला नदीमा पानीको वहाव वढेपछि भारतको जयनगर र पूर्वपश्चिम राजमार्ग भएर सिरहा पुग्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
पुल निरिक्षण गर्न मेयर डा यादवसँगै उपमेयर वविता कुमारी साह, पूर्व संविधानसभा सदस्य आशा यादव लगायत पुगेका थिए ।



