सिरहा । नेपाली कांग्रेस सिरहा जिल्ला अनुशासन समितिले श्रीकृष्ण यादवसहित पाँचजनालाई कारवाही सिफारिस गरी केन्द्रलाई पत्राचार गरेको छ ।

उनीहरुले सिरहा–२ का उम्मेदवार कांग्रेस सिरहा सभापति रामचन्द्र यादवलाई गत फागुन २१ गते भएको प्रतिनिधिसभा चुनाव असहयोग र अन्तरघात गरेको आरोप छ ।

कारवाही सिफारिसमा पर्नेहरुमा श्रीकृष्णसहित महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य सुभाष यादव दास, महादेव यादव, क्षेत्रीय सचिव शत्रुधनप्रसाद चौधरी र जिल्ला सदस्य निलकुमार राउत रहेका छन् । उनीहरुले चुनावमा सहयोग नगरेको सभापति यादवले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय