सिरहा । सिरहा नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सर्फ, हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ। लघु उद्यमी महिलाहरुलाई हार्पिक र फिनेल बनाउने बाल्टी, जग र टोकरी वितरण गरेको हो । शुक्रवार वडा नम्बर २० स्थित श्री माध्यमिक विद्यालय लगडी गदियानी र सिकाज्योतिमा एक कार्यक्रमबीच नगरपालिकाकी उपमेयर बबिता कुमारी साहले सो सामग्री वितरण गरिन् ।
वडा कार्यालयकाे सहयाेग गरिबी निवारणका लागि लघु उद्यम विकास शाखा आयोजनामा लद्यु उद्यमी महिलाहरुलाई सर्फ, हार्पिक र फिनेल बनाउने तालिम र बाल्टी, जग, टोकरी र स्टील टर्नर (पल्टा) वितरण गरिएको कार्यक्रमका वरिष्ठ उद्यम विकास सहजकर्ता पवन अधिकारीले बताए । आर्थिक वर्ष २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सो तालिम सञ्चालन गरिएको र तालिममा श्री माध्यमिक विद्यालयमा सहभागि ८६ जना र सिकाज्योतिमा ५२ जनालाई बाल्टी, जग, टोकरी र स्टील टर्नर (पल्टा) वितरण गरिएको अधिकारीले बताए ।


लद्यु उद्यमी महिलाहरुलाई प्लास्टिक को बाल्टी, जग, टोकरी र स्टील टर्नर (पल्टा) हस्तान्तरण गर्दै नगरपालिकाकी उपमेयर बबिता कुमारी साहले नगरवासीलाई दक्ष बनाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताईन । उनले नगरवासीको मागको आधारमा तालिम दिई आवश्यक उपकरण उपलब्ध गराउँदै आएको जानकारी दिए । उपमेयर साहले आगामी दिनमा कार्यक्रममार्फत थप प्रविधि उपकरण हस्तान्तरण गरिने प्रतिबद्धता गरे ।
‘महिलादिदिबहीनिहरुलाई गाँउमै आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको थियो, उनले भनिन्, हातमा सिप भयो भने महिला दिदिबहीनिहरुलाई परनिर्भरमा सीमित रहन पर्दैन् । हातमा सिप भयो भने आत्मनिर्भर बन्न सकिन्छ । नगरपालिकाले तालिमसँगै आत्मनिर्भर बनाउने सामग्री पनि नगरका महिलाहरुलाई व्यावसायिक बनाउने योजनासहित हस्तान्तरण गरिएको छ, उनले भनिन् ।

सिप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लागेका अधिकांश महिलाहरु सो सामाग्री प्राप्त गरेपछि गाउँमै बसेर काम गर्न सकिने उपमेयर साह बताउँछिन् । उनी नगरपालिकाले बेरोजगार महिलाहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सिपमूलक तालिम दिइएको बताईन् ।
नगरकी महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यस प्रकारका तालिम महत्वपूर्ण हुने भएकाले नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा छुट्टै बजेट विनियोजन गरिरहेको उपमेयर साहले बताईन् ।

सो कार्यक्रममा सिरहा नगरपालिकाकी उपमेयर बविता कुमारी साह, वडाअध्यक्ष राम चन्द्र यादव, लघु उद्यम शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता पवन अधिकारी, वडा सदस्य लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।



