मिर्चैया । भूमी व्यवस्था सहरकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले हकभोग गर्दै आएका गाउँब्लक जग्गाको कानूनी अधिकार बल्ल प्राप्त भएको बताएकी छिन् ।

सिरहाको मिर्चैया नगरपालिका २ मल्हनीया खोरीमा आयोजित जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण समारोहमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले प्रमाण पुर्जा वितरण गर्दै यस्तो बताएकी छिन् ।

प्रमाणपुर्जा नहुँदा थुप्रै समस्या झेल्नुपरेको विगतलाई सम्झिदै मन्त्री श्रेष्ठले अब उद्योग स्थापना, केटाकेटी पठाउन, औषधी उपचार गर्न धितो राख्न र बेच्न नपाउने कानूनी अप्ठ्यारो समाप्त भएको बताएकी छिन् । आफ्नो मन्त्रालयले विशेष प्राथमिकतामा राखेको भन्दै उनले नाप नक्सा हुन बाँकी रहेका र नाप नक्सा भईसकेका गाउब्लक जग्गाको प्रमाणपुर्जा वितरण कार्यलाई अभियानको रुपमा अगाडी बढाईने बताईन् ।

मिर्चैया नगरपालिका १ रामपुरविर्ताका ४ सय ५० र वडा नम्बर २ का मल्हनिया खोरीका ५५४ जनालाई गाउँब्लक र नम्बरी जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएको विशेष नापी कार्यालयका प्रमुख दिलिप कुमार सिंहले बताए ।
उक्त अवसरमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, पूर्वमन्त्री विश्वनाथ साह, मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय