आज माघ ५ गते अपन दैनिक पत्रिका नवौ बसन्त पार गरि दशौ वर्षमा प्रवेश गर्दा आफू यस पत्रिकाका प्रधान सम्पादक भइ दशकौ पत्रकारिताका अनुभवले मलाई खोटेयाएको छ । पत्रकार कहाँ छन् र कस्ता छन् ।

नेपोलियनले एक पटक भनेका थिए–‘दुनियामा दुइटा शक्ति मात्र छन् । एउटा तरवार र अर्को कलम’ । कलमको शक्ति भनेको बुद्धि, विवेक र ज्ञानको सतत प्रवाह हो । आजको युगमा यो काम पत्रकारिता जगतवाट सर्वाधिक प्रभावशाली तरिकाले भइ रहेको छ । पत्रकारले समाजका घटनाहरुलाई प्रकाशित प्रसारित मात्र गर्दैन उसले घटनाहरुको पछाडि लुकेका रहस्यहरुको प्रकटिकरण र समाजलाई दिशाधारा दिने सोचको विकास र देशभक्तिलाई प्रोत्साहित समेत गर्दछ र राष्ट्रलाई सबल काम गर्दछ तर यस्तो गहन भार बोक्ने पत्रकार माथि आज प्रशस्त टीकाटिप्पणी हुने गरेको पाइन्छ । लम्पट धूर्तृ र पुरुषार्थहीनहरु कि त राजनीतिक आवरणमा लुक्न पुग्छन कि पत्रकारिताको खोल ओढेर समाजमा स्थान बनाउन पुग्छन् भनेर निकै उपहास हुने गरेको छ ।

पत्रकारले पनि सत्य तथ्यको प्रकाशन मानव समाजका जुनसुकै अवस्थातामा घटित हुने घटनामा मानवीय व्यवहार र मानव समाजवाट हुने गरेका व्यवस्थाहरुको सम्बन्धमा आम जनतामा सत्य तथ्य उल्लेख गर्नु नै प्रथम काम हो । यसले नै समाजको धारणा बुझ्न मद्दत गर्दछ र न्ययालयलाई पनि मार्गदर्शन गर्दछ । त्यति मात्र होइन पत्रकारिताले सिकावटको शसक्त माध्यम पनि हो जसले भाषा र तरिका बताउँछ । जसवाट लाखौ जनालाई नयाँ शव्द उच्चारण र ज्ञान सिकाउँछ । पत्रकारिताले नै त कुरीति र कुप्रथाको निवारण गर्दछ । जसवाट रुढीवादिता बारे जनचेतना जगाउछ । युग अनुकुल नयाँ सोच र परिपाटीमा ल्याउन प्रेरणा दिन्छन् र बढदो युवा समाजमा दुरव्र्यसनका सिकार भएर अपराधिक प्रवृतिलाई निरुत्साहन गर्दै अपराध नगर्न सचेत गराउँछन् । पत्रकार त मानवाधिकार र लोकतन्त्रका रक्षक नै हो । जहाँ एकतन्त्र निरंकुश अधिनायकवादी शाासन हुन्छ त्यहाँ सरकारको ‘यस म्यान’ मात्र हुन्छ र लोकतन्त्र र प्रजातन्त्रमा पत्रकारिता चौथो अंगको रुपमा मुल्यांकन गरिन्छ । पत्रकारिताले भ्रष्टाचार, कालावजारी, तस्करी, हत्या बलात्कार आदि समाजिक र सार्वजानिक अपराधको भत्सर्ना गर्दछ । हानी लाभको विवेचना गर्दछ । पत्रकार जगत त नैतिक शिक्षक र समाजिकताको प्रकाशन नारा समाजमा शाान्ति सुरक्षा कायम गर्ने काममा सघाउँछ । देश विकाशमा र विकाशका प्रत्येक क्षेत्रमा घच्घचाउने काम गर्दछ । जसले सरकारका तीनवटै अंगहरु कर्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचमा त्रिशक्तिय समीकरणको काम गर्दछ । तर वर्तमान परिवेशमा पत्रकार र पत्रकारिता समाजको बौद्धिक शक्ति भएर पनि केही अवगुणहरु देखिन्छ । त्यो के हो भने भ्रष्ट क्रियाकलाप जसमा भ्रष्टाचार, कालावजारी, तस्करी र अपराधी जगतका कुख्यातहरुसंग उपहार लिएर तिनका गतिविधिलाई ढाकछोप गरि प्रकाशन गर्ने काम गरेका छन् । हुने खाने र यशस्वी व्यक्तिहरुलाई तर्साउनु धम्कानु र ब्ल्याकेलिङ जस्ता काम गरेको देखिन्छ । शिक्षा, स्वास्थ्य र अन्य लाभदायक क्षेत्र जहाँ आपनो काम गर्न सम्भावना हुन्छ तिनीहरु संग अनावश्यक र उट्पटाङ प्रश्न गरी खिन्न पारेर भयभित पारेर अन्त्यमा आपनो अभिष्ट सजिलो तरिकाले पूरा गर्ने काम गर्छन । समाचार बनाउँदा लाभ खोज्नु या उपकार गरेझै मान खोज्ने, आमन्त्रण नपाएका कार्यक्रमको समाचार प्रकाशित नगर्नु धर्म ठान्दछन् । राजनैतिक क्षेत्रको समाचार र आलोचना गर्नु पत्रकारिताको धर्म ठान्दछ । राजनैतिक र आर्थिक शक्तिको चापलुसी गर्ने काम गरि रहेको पाइन्छ । सहि सत्यलाई तोडमरोड गरेर समाचार प्रवाह गर्ने गर्छन । सम्भावनाको आडमा समाचार प्रकाशन गर्ने गर्छन । सत्य तथ्यका कारण नै बताउँदैनन् ।

तसर्थ पत्रकारमा शैक्षिक योग्यता समसामयिक तालिम, जुझारु र निर्भिकता कर्तव्यनिष्ठा हुनु अति आवश्यक तत्व हो । दुर्भाग्य के पनि हो भने मानव अधिकारवादी र नागरिक समाज जस्तै पत्रकारिता क्षेत्र पनि राजनैतिक खेमामा बिभाजित छन् । जसले गर्दा केही पत्रकार र पत्रकारिताले सारा पत्रकारिता जगत नै बदनाम भएको छ । पत्रकारितामा त नितान्त गम्भिरता र धैर्यता हुनु आवश्यक छ । यसमा उत्तेजनात्मक अभिव्यक्ति आक्रोश, अश्लिलता, घृणा र द्वेश जस्ता कुरा आउनु हुदैन । पत्रकारिता दृश्यकै आधारमा कुरा नै नबुझि मनोगत सोचको भरमा फोटो खिचेर प्रकाशित गरि स्यावासी लिन खोज्नु पत्रकारितामा अधर्म नै हो । खास गरि स्थानीय मिडिया भनेका जनताका साझा नेता नै हुन । जनता तेरो र मेरो पार्टी हुनसक्छ तर मिडियामा होइन । स्थानीय मिडिया प्रभावकारी अनुगमन गरेर यर्थाथ बाहिर ल्याउनु पर्दछ ।

हुनत सिरहा जिल्लामा सयौं पत्रपत्रिकाको दर्ता गरिएको छ । सय भन्दा पनि बढी संख्यामा पत्रकारहरु छन् । पत्रकारितामा संख्यात्मक विकाश अचाक्ली भइसक्यो तर गुणात्मक सुधार भएको छैन् । संख्या अनुसार आधा पत्रकार क्रियाशील छैनन् भने पुरानो पदासिन देखाएर ब्रह्मलुट गर्ने काममा व्यस्त देखिन्छ । अतः यहाँका पत्रकारहरुको शुद्धिकरण हुनु आवश्यक छ । पत्रकारितमा शुद्धिकरणसँगै नागरिकपक्षमा वकालत गर्नुपर्ने आजको आवश्यकता हो । विगत एक दशकदेखि सिरहा जिल्लामा आफ्नो फरक रुपमा छाप स्थापित गर्न सफल भएकोमा अपन दैनिक र यसको पूर्व प्रधानसम्पादकको रुपमा हर्षित छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय