होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सिराहा जिल्ला अदालत ६ दिन बन्द हुने भएको छ । जिल्ला अदालतका स्रेस्तेदार/ उपसचिव भेषराज भट्टराईद्वारा जारी सूचनामा १९ देखि २४ फागुनसम्म अदालत बन्द रहने जनाइएको छ ।
उक्त अवधिमा पर्ने मतदानको दिन २१ फागुन र २३ फागुन शनिबारबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्न, जरुरी पक्राउ पुर्जी स्वीकृत गर्न पक्राउ पुर्जी अनुमतिका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार उक्त अवधिमा दिनको १ बजेभित्र दर्ता भएका बन्दी प्रत्यक्षीकरणको निवेदन सोही दिन र त्यसपछिका निवेदन त्यसको भोलिपल्ट सुनुवाइ हुने जनाइएको छ ।



