जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस विखण्डनको माग गर्दै मधेस प्रदेशको सप्तरीमा बिहीबार प्रदर्शन गरेको हो ।


प्रदर्शनकारीले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर्नुपर्ने, सङ्घको सीडीओ र एसपी फिर्ता हुनुपर्ने, दमन शोषण बन्द गर्नुपर्ने, सङ्घको हस्तक्षेप बन्द हुनुपर्ने लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।



