काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । बुद्ध एयरकाे जहाज 9N-AJOमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्ध  एयरले ट्विट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO  मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिरहेकाे छ । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय