सिरहा । बालअधिकार तथा बालकल्याण क्षेत्रमा क्रियाशील नेपाल बाल संगठनको चालू महाधिवेशनबाट मधेश प्रदेशका दिनेश कुमार यादव केन्द्रीय सदस्यमा चयन भएका छन्।
फागुन २५ गते बालमन्दिर नक्सालमा सम्पन्न संगठनको केन्द्रीय सभाको महाधिवेशनबाट यादवलाई केन्द्रीय सदस्यमा चयन गरिएको हो । मधेश प्रदेशबाट अर्का केन्द्रीय सदस्यका रूपमा समिम बाबु पठान पनि चयन भएका छन् ।
महाधिवेशनले विद्या उपाध्याय न्यौपानेलाई सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन गरेको छ। संगठनको विधानअनुसार देशका सातै प्रदेशबाट दुई–दुई जना केन्द्रीय सदस्य र एक जना अध्यक्ष रहने प्रावधानअनुसार नयाँ नेतृत्व चयन गरिएको हो ।
निर्वाचन समितिबाट शपथग्रहण गरिएपछि अध्यक्ष न्यौपानेले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेकी थिइन् ।
महाधिवेशनले संस्थाका पछिल्ला गतिविधिहरूको समीक्षा गर्दै विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरेको थियो ।
राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले देशभर बालमन्दिर तथा बालगृह सञ्चालन गर्दै बालबालिकाको पालनपोषण, शिक्षा तथा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवनिर्वाचित केन्द्रीय सदस्य यादवले संगठनमार्फत बालबालिकाको हित र संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय