कोकिला भण्डारी, धनकुटा
धनकुटा । बजार अनुगमनमा भेटिएका अखाध्यवस्तु जिल्ला प्रशासन कार्यालय धनकुटा सहितको अनुगमन टोलिले जफत गरी नष्ट गरेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारको अनुगमनमा होटल तथा किराना पसलहरूमा फेला परेका म्याद गुज्रेका अखाध्यवस्तु नष्ट गरिएको हो ।
उक्त टोलीले होटल तथा किराना पसलहरूको अनुगमन गरेर म्याद नाघेका खाद्यवस्तु नष्ट गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय सहितको टोलीले बजारका होटल र किराना पसलको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले होटलहरूमा खाद्य गुणस्तर परीक्षण गरेर सरसफाइको अवस्था, किराना पसलमा भएका सामानको उपभोग्य मिति परीक्षण, चाउचाउ, चिसो पेय पदार्थ, भुजा, मसला, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु को अनुगमन गर्दा म्याद नाघेको भेटिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याद नाघेका खाद्यवस्तु जफत गरेर अनुगमन टोलीले नष्ट गरी इजाजत नलिई मादक पदार्थ र सुर्तिजन्य पदार्थ बिक्री भइरहेको भेटिए पछि त्यसलाई रोकेर इजाजत लिएर मात्र बिक्री वितरण गर्न अनुगमन टोलीले सुझाव दिएको जनाएको छ ।
तस्बिरमा ः बजार अनुगमन, अनुगमनमा भेटिएका अखाध्यबस्तु जफत गरी नष्ट गर्दै अनुगमन टोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!