मधेशी समुदायले आफ्नो पहिचानको रुपमा धोतीलाई लिदै आएको छ । मधेश प्रदेश मात्र होईन तराई मधेशका जिल्लामा मधेशी, थारु, मुस्लिम लगायतका समुदायले धोतीको उपयोग गर्दै आईरहेको छ । परापूर्वकालदेखि नै धोती लगाउने चलन रहेको छ । पहाडमा पनि प्रत्येक शुभकार्यमा धोती लगाउने गरिन्छ । धोतीको सम्बन्ध शुद्धतासँग जोडिएको छ । त्यसैले हिन्दुधर्म समुदायका मानिसले धोती लगाउने काम गर्दै आईरहेको छ । पूजापाठ, शुभकार्यमा धोती लगाउने गरेको छ । जसलाई मधेश र मधेशी समुदायले आफ्नो पहिचानको रुपमा लिएको छ । मधेशमा गीत पनि गाउने गरिन्छ, ‘धोती, कुर्ता गम्छा, इ छै हमर पहिचान यौं’ ।

मधेशसँग मात्र नभएर पहाडमा धोतीको उपयोग शुद्ध कार्यमा भईरहँदा त्यही धोती शब्दलाई राज्यशक्ताले मधेशी समुदाय विरुद्ध प्रयोग गर्दै आईरहेको छ । राज्य मधेशीलाई हेपहा प्रवृति प्रकट गर्न पनि धोतीधोती भन्दै आउने गरेको छ । राज्यसक्ता भन्दाखेरी राज्यको हरेक निकायमा बलियो पकड भएको पहुँचवाला समुदाय नै हो । जसले मधेश र मधेशी, थारु, मुस्लिमसँग जहिले नै विभेदको नजरबाट हेर्दै आईरहेको छ । अँग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौं धोती दिवस बनाउने क्रममा जनमत पार्टीका अध्यक्ष डा सिके राउत सहित कयौं नेता कार्यकर्ता पक्राउ गरिएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आफूले नै पहिचानलाई अघि सार्दै जनयुद्ध सुरु गरेका थिए । अहिले नेपाल सरकारको प्रधानमन्त्रीको रुपमा रहँदा प्रचण्ड नेतृत्वको सरकारको गृहमन्त्री नारायणकाजी श्रेष्ठ मातहतका सुरक्षा निकायले धोती दिवसमा सहभागी भएका जनमत पार्टीका नेता कार्यकर्ता र पार्टी अध्यक्ष डा राउतलाई काठमाडौंमा पक्राउ गर्यो । यो राज्यको निरिहता र मधेशप्रतिको धारणलाई पुनः प्रकट गरेको छ ।

आफ्नो शान र पहिचानको विषयलाई दिवसको रुपमा मनाउने मधेशी समुदायलाई अवरोध गर्ने नश्लीय राज्यका नेतृत्वकर्ताले क्षमायाचाना माग्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा सवैले आफ्नो पहिचान र अधिकारको उपभोग गर्न पाउनुपर्छ । सवैले आफ्नो संस्कृतिको प्रबद्र्धन गर्न पाउनुपर्छ । संविधान विपरीतका कार्य भईरहँदा सरकार मौन बस्ने तर मधेशका नागरिक आफ्नो पहिचानलाई उजागर गर्न जुलुस निकाल्न नपाउने यो कस्तो चरित्र ? राज्यले यसरी आफ्नो धारणा प्रकट गरेको छ । जुन निन्दनीय छ । मधेश र मधेशी समुदायमाथि अपमान गर्न पाईदैन । यो देश कुनै खास समुदायको मात्र होईन् । यस देशको माटोमा मधेशका कयौं वीर सपूतहरुले आफ्नो सहादत दिएका छन् । यसर्थ राज्यसक्ताले मधेश र मधेशीलाई अपमान गर्न कार्य कुनै तवरले मान्य छैन् । यस कार्यमा संलग्न प्रहरीदेखि अन्य जुनसुकै निकायका पदाधिकारी रहेकाछन्, त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!