मोरङमा ४ वर्षीया बालिकालाई बलात्कार गर्ने भारतीय युवा पक्राउ परेका छन् ।
भारतको अररिया जिल्ला घर भई आफन्तको घर जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरबाट केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता दीपक श्रेष्ठले बताए ।
पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताए । पीडित बालिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई कोशी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तश्राव नरोकिएपछि आफन्तले उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा लगेका मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रक्तश्राव रोकिएपछि अहिले पुनः कोशी अस्पतालमै उनको उपचार भइरहेको छ ।



