ADVERTISEMENT
प्रदेशप्रदेश नं. ५सुरक्षा/अपराध
Trending

प्रहरीकै मिलेमतोमा कैदी फरार, प्रहरीसहित ४ जना पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

दाङ — कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मिलेमतोमा भागेका छन्।

ADVERTISEMENT

राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

घोराही कारागारका नाइके रहेका परियार शुक्रबार बिहान छालाको उपचार गर्न भन्दै प्रहरी जवान धनबहादुर चौधरीसँग लु ३ ४ प ४१० नम्बरको मोटरसाइकलमा निस्किएका थिए ।

परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको एसपी काफ्लेले बताएका छन् । एसपी काफ्लेका अनुसार बिहान ११ बजे कारागारबाट निस्किएका प्रहरी जवान चौधरीले घटनाबारे दिउँसो ४ बजे मात्रै जानकारी गराएका थिए ।

जसले गर्दा प्रहरी जवान चौधरीको मिलेमतो देखिएको भन्दै चौधरीलाई थुनामा राखेको र सहयोग गर्ने अन्य तीन जना स्थानीय नागरिकलाई पनि पक्राउ परेको एसपी काफ्लेले बताएका छन् ।

परियारले साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। परियारको खोजीमा डिएसपी मुकुन्द रिजालको कमाण्डमा प्रहरी परिचालन गरिएको काफ्लेले बताए।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!