प्रदेशप्रदेश नं. ३ बाग्मतीसुरक्षा/अपराध

पाँच लाख रुपैयाँसहित जुवाखालबाट आठ जना पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

ADVERTISEMENT

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद रुपैयाँसमेत बरामद गरिएको परिसरले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button